फराकिलो जितका साथ भारत फाइनलमा

एजेन्सी । साविक विजेता भारत जारी आइसीसी यु–१९ क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई १० विकेटले हराउँदै भारतले फाइनल यात्रा निश्चित गरेको हो ।

खेलमा टस जित्दै पहिले ब्याटिङ रोजेको पाकिस्तानले ४३.१ ओभरमा सबै विकेट गुमाएर १७२ रन मात्र बनाउन सकेको थियो । पाकिस्तानका लागि कप्तान रोहेर नाजिरले ६२ तथा ओपनर हैदर अलीले ५६ रनको अर्धशतकीय योगदान दिए ।

बलिङतर्फ भारतका सुशान्त मिश्राले ३ विकेट लिंदा कार्तिक त्यागी र रवी बिस्नोइले २–२ विकेट हात पारे । त्यस्तै अथर्व अंकोलेकर र यशश्वी साहले १–१ विकेट आफ्नो नाममा लेखाए ।

त्यस्तै जवाफी लक्ष्य पछ्याएको भारतले भने ३५.२ ओभरमा कुनै विकेट नगुमाई १७६ रन बनाएर शानदार जित हात पार्यो । भारतका लागि प्लेयर अफ द म्याच ओपनर यशश्वी साहले १०५ रनको नटआउट पारी खेले भने अर्का ओपनर दिव्यांश सक्सेना ५९ रनमा नटआउट रहे ।

भारतले अब उपाधिका लागि न्युजिल्याण्ड र बंगलादेशबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग ९ फेब्रुअरीका दिन फाइनल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...