पाकिस्तानले दियो भारतलाई कडा चेतावनी

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले यदि भारत आफ्नो देशमा एसिया कप खेल्न नआए आफूहरु पनि भारतमा टि–२० विश्वकप खेल्न नजाने चेतावनी दिएको छ ।

स्मरण रहोस, सन् २०२१ मा भारतले आइसीसी टि–२० विश्वकपको आयोजना गर्दैछ । त्यस्तै यसै बर्षको सेप्टेम्बरबाट शुरु हुन गईरहेको टि–२० एसिया कप भने पाकिस्तानले आयोजना गर्दैछ ।

यो कुराको पुष्टी पिसीबीका सिइओ वसिम खानले गरे । साथै उनले पाकिस्तानले बंगलादेश आफ्नो देशमा त्रिकेट खेल्न आए एसिया कप आयोजनाको जिम्मेवारी बंगलादेशलाई दिने हल्लाको पनि खण्डन गरेका छन् ।

सिइओ वसिमले भने “एसियन क्रिकेट काउन्सील (एसीसी) ले हामीलाई एसिया कप आयोजनाको जिम्मेवारी दिएको छ । हामी यो अरुलाई दिन सक्दैनौं । हामीसँग त्यो अधिकार पनि छैन ।”

स्मरण रहोस, भारत र पाकिस्तानबीचको तनावका कारण पिसीबीले एसिया कप आयोजनाका लागि अन्य दुई स्थानलाई आफ्नो विकल्पका रुपमा राखेको छ । यद्यपि यसबारे विस्तृत रुपमा भने खुलाइएको छैन ।

भारतीय क्रिकेट टोलीले स्न २००८ पछि पाकिस्तानको भ्रमण गरेको छैन भने पाकिस्तानले सन् २०१२ यता भारतको भ्रमण गरेको छैन । त्यस्तै रिपोर्टअनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले पनि पाकिस्तानको आवश्यक भ्रमण गर्ने समेत बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...