भारतीय क्रिकेट टोलीकी सबैभन्दा पाका ‘सुपरफ्यान’को निधन

एजेन्सी । भारतीय क्रिकेट टोलीकी सुपरफ्यान बनेकी ८७ बर्षिय चारुलता पटेलको निधन भएको छ । गत बर्ष इङल्याण्डमा सम्पन्न आइसीसी क्रिकेट विश्वकपतर्फ भारतीय क्रिकेट टोलीलाई समर्थन गर्न स्टेडियम पुगेकी चारुलता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको ध्यान आकर्षित गर्न सफल भएकी थिईन ।

इजबास्टनमा भएको बंगलादेश विरुद्धको खेलमा भारतलाई समर्थन गर्न पुगेकी चारुलता सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा एकाएक चर्चित बनेकी थिईन् । त्यसक्रममा उनलाई भारतीय क्रिकेट टोलीकी कप्तान विराट कोहलीले भेटेको तस्विर र समाचारले पनि धेरै चर्चा पाएको थियो ।

इण्डिया टुडेका अनुसार चारुलताको सोमबार (जनवरी १३ तारीख) का दिन निधन भएको हो । उनको निधनप्रति भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले समेत आफनो आधिकारिक सामाजिक सञ्जालमा श्रद्धाञ्जली प्रकट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...