विश्व च्याम्पियन वेस्ट इण्डिजको स्तब्धपुर्ण हार

एजेन्सी । एकदिवसीय सिरिजमा क्लीन स्वीप गरेको वेस्ट इण्डिजले आयरल्याण्ड विरुद्ध पहिलो टि–२० म्याचमा भने स्तब्धपुर्ण हार बेहोरेको छ । सेन्ट जर्जमा भएको पहिलो अन्तर्राष्ट्रिय टि–२० म्याचमा वेस्ट इण्डिजले भ्रमणकारी टोली आयरल्याण्डसँग ४ रनको स्तब्धपुर्ण हार बेहोरेको हो ।

टस जित्दै पहिले ब्याटिङ थालेको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०८ रनको विशाल योगफल तयार पारेको थियो । आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले ९५ रनको शानदार पारी खेले । त्यस्तै अर्का ओपनर केविन ओ’ब्रायनले ४८ रनको योगदान दिए ।

उता जवाफी लक्ष्य पछयाएको क्यारिबियन टोली भने निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०४ रन मात्र बनाउन सक्यो । घरेलु टोलीका लागि ओपनर एविन लेविसले ५३ रनको अर्धशतकीय पारी खेले । कप्तान किरोन पोलार्डले पनि ३१ रन बनाए तर घरेलु टोलीको हार भने टार्न सकेनन् ।

खेलमा आयरल्याण्डका लागि ९५ रनको शानदार इनिङ खेलेका पाउल स्टर्लिङ प्लेयर अफ द म्याच घोषित भए । यो जितसँगै तीन म्याचको अन्तर्राष्ट्रिय टि–२० सिरिजमाथि आयरल्याण्डले १–० को अग्रता बनाएको छ । दोस्रो टि–२० म्याच शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...