चर्चित अलराउण्डर स्टोक्स भने वर्षका उत्कृष्ट खेलाडी

एजेन्सी । इङल्याण्डका चर्चित अलराउण्डर बेन स्टोक्स अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को वर्ष खेलाडी घोषित भएका छन् । स्मरण रहोस, गत बर्षको जुलाईमा सम्पन्न पुरुष क्रिकेट विश्वकपमा इङल्याण्डले न्युजिल्याण्डलाई नाटकीय फाइनलमा सुपर ओभरमा हराउँदा २८ बर्षे स्टोक्स म्यान अफ द फाइनल घोषित भएका थिए ।

आइसीसीको वर्ष खेलाडी घोषित भएपछि स्टोक्सले खुशी व्यक्त गर्दै भनेका छन्, ‘पछिल्ला १२ महिनाहरु मेरो करियर कै सबैभन्दा उत्कृष्ट रहे । टिमका साथीहरुसँगको सम्बन्ध पनि विशेष रह्यो । यस्तै एकअर्काको सहकार्यले नै हामीले यो उपलब्धी हासिल गर्न पनि सफल भयौं र यो एक सन्तुष्टीपुर्ण समेत रह्यो ।

स्मरण रहोस, आइसीसीले जारी गरेको वर्षको टेष्ट टिम स्क्वाडमा पर्ने स्टोक्स एक्ला इङलिस खेलाडी हुन् । स्टोक्स आइसीसीको एकदिवसीय टिम अफ द इयरमा समेत पर्न सफल भएका थिए । यद्यपि उनीसँगै इङल्याण्डका अर्का खेलाडी जोस बटलर पनि एकदिवसीय स्क्वाडमा पर्न सफल भए ।

त्यसैगरी अष्ट्रेलियाका पेस बलर पेट कमिन्स टेष्ट क्रिकेटतर्फ वर्ष खेलाडी घोषित भए भने भारतका आक्रमक ब्याट्सम्यान रोहित शर्मा एकदिवसीयतर्फ आइसीसीको वर्ष खेलाडी चुनिए ।


प्रतिक्रिया दिनुहोस

Loading...