अन्ततः बंगलादेशले पाकिस्तानको भ्रमण गर्ने पक्का

एजेन्सी । बंगलादेश क्रिकेट टिमले पाकिस्तानमा दुई टेष्ट, एक एकदिवसीय र तीन अन्तर्राष्ट्रिय टि–२० म्याच खेल्ने पक्का भएको छ । यद्यपि बंगलादेशी टोलीले ती सबै खेलहरु तीन चरणमा खेल्नेछ ।

जसअनुसार जनवरी २४ देखि २७ तारीखसम्म अन्तर्राष्ट्रिय टि–२० सिरिज हुनेछ । सबै टि–२० खेलहरु लाहोरमा हुने छन् । त्यसपछि बंगलादेश फर्कनेछ ।

त्यस्तै ७ देखि ११ फेब्रुअरीसम्म रावलपिन्डीमा बंगलादेश र पाकिस्तानबीच पहिलो टेष्ट म्याच हुनेछ । त्यसैगरी २२ फेब्रुअरीदेखि २२ मार्चसम्म पाकिस्तान सुपर लिग हुने भएकोले फेरि बंगलादेशी टोली स्वदेश फर्कनेछ ।

त्यसपछि अप्रिलमा एकदिवसीय र दोस्रो टेष्ट हुनेछ । एकदिवसीय म्याच ३ अप्रिलका दिन कराँचीमा हुनेछ भने दोस्रो टेष्ट म्याच ५ देखि ९ अप्रिलसम्म हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...