पारिश्रमिक कटौतीको डरले फिटनेस टेष्टमा पुगेनन पाकिस्तानी खेलाडीहरु

एजेन्सी । पाकिस्तानी क्रिकेट बोर्ड (पिसीबी) ले ६ र ७ जनवरीका दिन आफ्ना १९ खेलाडीहरुलाई फिटनेस टेष्टका लागि बोलाएको थियो । तर, अप्रत्याशित रुपमा केवल ९ खेलाडीहरुले मात्र फिटसेन टेष्ट गराए ।

पिसीबीले हाल ती खेलाडीहरुको टेष्ट नतिजा सार्वजनिक गरेको छैन । रिपोर्टअनुसार फिटनेस टेष्टमा सहभागि नहुने खेलाडीहरुले अनेक बहानाहरु बनाएको बताइएको छ ।

रोचक कुरा त, पिसीबीले केही दिन अघि मात्र फिटनेस टेष्ट पास नगर्ने खेलाडीहह्रुको पारिश्रमिक १५ प्रतिशत कटौती गर्ने बताएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार सोही कारणले गर्दा पनि कतिपय खेलाडीहरु फिटनेस टेष्ट गर्न नपुगेको बताइएको छ ।

कराँचीमा भएको दुई दिने फिटनेस टेष्टमा पूर्व कप्तान सरफराज अहमद, बाबर आजम, शाइन शाह अफ्रिदी, इमाम उल हक जस्ता केही चर्चित क्रिकेटरहरु पनि पुगेका थिए ।

महत्वपूर्ण कुरा त, फिटनेस टेष्टमा टेष्ट कप्तान अजहर अली समेत अनुपस्थित थिए । त्यति मात्र नभएर वहाब रियाज, मोहम्मद आमिर, हसन अली जस्ता खेलाडीहरु पनि अनुपस्थित थिए ।

जियो टिभीका अनुसार फिटनेस टेष्ट लेभलमा सहभागी नहुने खेलाडहिरुलाई के कस्तो कारवाही हुने हो, त्यो भने अहिलेसम्म खुलाइएको छैन । तर, ती खेलाडहिरुलाई पिसीबीले कारवाही भने गर्न सक्ने सम्भावना बलियो रुहेको बताईन्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...