आइपिएलमा यस सिजन दिनमा एक खेल मात्र हुने

एजेन्सी । चर्चित इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको १३औं संस्करणमा दिनमा केवल एक खेल मात्र हुने भएको छ ।

यहि आउँदो २९ मार्चदेखि शुरु हुन गईरहेको आइपिएलको १३औं संस्करणमा अब एक दिनमा एक खेल मात्र हुनेछ । यसअघिका संस्करणहरुमा दिनमा २ खेलसम्म हुने गरेका थिए ।

यो नयाँ निर्णयसँगै यस सिजन आइपिएलको अवधि पनि थप ६ दिन बढ्ने भएको छ । साथै प्रतियोगिता अब ५७ दिनसम्म चल्नेछ ।

स्रोतका अनुसार अहिलेसम्म प्र्तियोगिताको पूरा खेलतालिका सार्वजनिक नभएता पनि फाइनल खेल २४ मईमा हुने तय भईसकेको छ । साथै उद्घाटन खेल मुम्बई स्थित वानखेडे स्टेडियममा हुनेछ ।

साथै आइपिएलका सबै खेलहरु बेलुका भारतीय समयअनुसार ७ः ३० बजे शुरु हुनेछ । अर्थात, नेपाली समयअनुसार खेलहरु ७ः ४५ बजेदेखि शुरु हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...