चर्चित भारतीय अलराउण्डर पाण्डयाको सर्बियन प्रेमीकासँग इंगेजमेन्ट !

एजेन्सी । चर्चित भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्डयाले आफ्नो प्रेमीकासँग इंगेजमेन्ट गरेको खबर बाहिर आएको छ ।

खबरअनुसार २६ बर्षे पाण्डयाले भारतकै मुम्बईमा बसोबास गरिरहेकी सर्बियन मूलकी नायीका, मोडल तथा डान्सर नताशा स्टानकोविचसँग बर्ष २०२० को नयाँ बर्षमा इंगेजमेन्ट गरेका हुन् ।

पाण्डयाले हालै सार्वजनिक गरेको आफ्नो नयाँ तस्विरमा उनले प्रेमीका नताशासँग क्रुजमा छुट्टी मनाइरहेको देखिन्छ । साथै तस्विरमा नताशाले इंगेजमेन्ट रिंग (औंठी) पनि देखाइरहेको देख्न सकिन्छ ।

 

View this post on Instagram

 

Mai tera, Tu meri jaane, saara Hindustan. 👫💍 01.01.2020 ❤️ #engaged

A post shared by Hardik Pandya (@hardikpandya93) on

रिपोर्टअनुसार यी दुई जोडी गत अगस्तदेखि नै प्रेम सम्बन्धमा थिए । त्यसबारे सामाजिक सञ्जालहरुमा विभिन्न खबरहरु पनि बाहिर आइरहेका थिए । नताशाले भारतको चर्चित डान्स शो नच बलिए–९ र बिग बोस जस्तो रिलायटी शोमा पनि सहभागिता जनाइसकेकी छिन् ।

नच बलिए शोका लागि त्यतिबेला पाण्ड्याले नताशाका लागि भोट गर्न अपिल समेत गरेका थिए । त्यति मात्र नभएर नताशाले भारतीय चलचित्र सत्याग्रहमा पनि अभिनय गरेकी थिईन् ।

भारतीय सञ्चारमाध्यमहरुको रिपोर्टलाई आधार मान्ने हो भने पाण्डयाले नताशालाई आफ्नो परिवारसँग पनि भेट गराइसकेका छन् । यद्यपि यसबारे आधिकारिक रुपमा पुष्टी भने भइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...