हाफिजलाई बलिङ गर्न प्रतिबन्ध

एजेन्सी । पाकिस्तानका चर्चित अलराउण्डर मोहम्मद हाफिजमाथि बलिङ गर्न प्रतिबन्ध लगाइएको छ । यद्यपि यो प्रतिबन्ध आइसीसीले नभई इङल्याण्ड क्रिकेट बोर्ड (इसीबी) ले लगाएको हो ।

हाल इङलिस काउन्टी क्लब मिडलसेक्सबाट खेलिरहेका ३९ बर्षिय हाफिजले गत अगस्तमा सोमरसेट विरुद्ध खेल्ने क्रममा अम्पायरले उनको बलिङ एक्शमाथि प्रश्न उठाएका थिए ।

त्यसपछि उनको बलिङ एक्शनबारे स्वतन्त्र छानबिन समेत भएको थियो । जहाँ उनको बलिङ गर्ने शैलीलाई अवैध ठहर गरिएको थियो । यो मामिलामा उनी दोषी पाइएपछि इसिबीले आफू मातहतको (घरेलु इङलिस क्रिकेट) कुनै प्रतियोगितामा हाफिजले बलिङ गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

स्मरण रहोस, हाफिज अवैध बलिङ एक्शनका कारण विवादमा परेको यो पहिलो घट्ना भने होईन । यसअघि सन् २०१५ मा पनि हाफिजलाई उनको बलिङ एक्शन कै कारण निलम्बन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...