स्टिभ स्मिथले तोडे ७३ बर्ष पुरानो किर्तिमान

एजेन्सी । अष्ट्रेलियाका चर्चित आक्रमक ब्याट्सम्यान स्टिभ स्मिथल टेष्ट क्रिकेटमा शनिबार सर्वाधिक छिटो ७००० रन बिनाउने किर्तिमान आफ्नो नाममा लेखाए । ३० बर्षिय स्मिथले इङल्याण्डका पूर्व दिवंगत व्याट्सम्यान वेली हेमन्डको ७३ बर्ष पुरानो किर्तिमान समेत तोडे ।

स्मिथले यो किर्तिमानी १२६ पारीमा बनाए । जबकि हेमन्डले यो किर्तिमान बनाउन १३४ पारी खेलेका थिए । स्मिथले एडिलेडमा पाकिस्तान विरुद्ध भईरहेको टेष्ट म्याचमा व्यक्तिगत २३औं रन बनाउँदै यो किर्तिमान आफ्नो नाममा लेखाए । स्मरणीय छ, हेमन्डले सन् १९४६ को अगस्तमा ओभलमा खेल्दै यो किर्तिमान बनाएका थिए ।

त्यति मात्र नभएर स्मिथ टेष्ट क्रिकेटमा सर्वाधिक रन बनाउने ११औं अष्ट्रेलियन क्रिकेटर समेत बनेका छन् । यो मामिलामा स्मिथले क्रिकेट लिजेण्ड सर डन ब्रेडम्यानलाई समेत पछि पारेका छन् । ब्रेडम्यानले ६९९६ रन बनाएका थिए ।

अष्ट्रेलियाका लागि टेष्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा रिकी पोन्टिङ शिर्ष स्थानमा छन् । पोन्टिङले १६८ टेष्ट म्याचमा १३३७८ रन बनाएका थिए । रोचक कुरा त, उता स्मिथले सन् २०१० को जुलाईमा पाकिस्तान विरुद्ध नै टेष्ट क्रिकेटमा डेब्यु गरेका थिए । र, अहिले पाकिस्तान विरुद्ध नै सो किर्तिमान बनाउन पनि सफल भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...