अष्ट्रेलियाका पूर्व लिजेण्डरी अलराउण्डर वाटसनले पाए महत्वपूर्ण नयाँ भूमिका

एजेन्सी । पूर्व चर्चित अष्ट्रेलियन अलराउण्डर शेन वाटसन अष्ट्रेलियन क्रिकेटर्स एसोसिएशन (एसीए) का अध्यक्ष पदमा नियुक्त भएका छन् । सोमबार भएको एसीएको वार्षिक साधारण सभाले वाटसनलाई उक्त गरिमामय पदमा जिम्मेवारी सुम्पिएको हो ।

अध्यक्षमा नियुक्त भएपछि वाटसनले क्रिकेटका लागि थप सहयोग गर्न आफूलाई अवसर मिलेको प्रतिक्रिया दिए । ३८ बर्षिय वाटसनले अष्ट्रेलियाका लागि कुल ५९ टेष्ट, १९० एकदिवसीय र ५८ अन्तर्राष्ट्रिय टि–२० म्याच खेलेका थिए । सक्रिय क्रिकेट जिवनमा उनी विश्व कै उत्कृष्ट अलराउण्डर मध्ये एकमा गनिन्थे ।

नियुक्तिपछि वाटसनले ट्वीट गर्दै लेखेका छन्, “एसीएको अध्यक्षमा चुनिएपछि म निकै सम्मानित महशुस गरिरहेको छु । किनभने भविष्यमा यो पदको भूमिका निकै महत्वपूर्ण हुनेछ । म भन्दा अघि यो पदमा रहेका व्यक्तिहरुले पूरा गर्न नसकेका कामहरुलाई पनि निरन्तरता दिंदै अघि बढ्नुछ । मलाई यो अवसर मिलोकोमा निकै उत्साहित छु । क्रिकेटका लागि फेरि केही योगदान दिन मलाई सहयोग पुग्नेछ ।”


प्रतिक्रिया दिनुहोस

Loading...