पूर्व दक्षिण अफ्रिकी क्रिकेटरलाई पाँच बर्षको जेल सजाय र २० बर्षको प्रतिबन्ध

एजेन्सी । दक्षिण अफ्रिकाको एक अदालतले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर गुलाम बोदीलाई भ्रष्टाचारको मामिलामा विभिन्न ८ मुद्दामा दोषी पाएपछि पाँच बर्षको जेल सजाय सुनाएको छ ।

रिपोर्टअनुसार बोदीले सन् २०१५ मा भएको घरेलु टि–२० प्रतियोगितामा म्याच फिक्सिङ तथा खेल प्रभावित गर्ने खालको अन्य क्रियाकलाप गरेको र त्यसमा उनी दोषी पाइएको बताइएको छ ।


त्यतिमात्र नभएर ४० बर्षिय बोदीलाई दक्षिण अफ्रिका क्रिकेट बोर्डले २० क्रिकेट खेल्न नपाउने गरी प्रतिबन्ध पनि लगाएको छ । स्मरण रहोस, बोदीले सन् २००७ मा दक्षिण अफ्रिकाका लागि दुई एकदिवसीय र एक अन्तर्राष्ट्रिय टि–२० म्याच खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...