एजेन्सी । आफ्नो जमानामा विपक्षी ब्याट्सम्यानहरुलाई धारिलो र तिव्र गतिको बलिङले हायलकायल पार्ने चर्चित पूर्व पाकिस्तानी बलर शोहेब अख्तरको सोसल भिडियो नेटवर्किङ साईट युट्युबमा दश लाख (एक मिलियन) भन्दा बढी सब्सक्राइबर भएका छन् ।
पाकिस्तानी पत्रिका डनका अनुसार अख्तरको च्यानल मिडिया टपले ३० दिन भन्दा कम समयमा नै दश लाख सब्सक्राईबर पाएको हो । च्यानलको यो उपलब्धीसँगै अख्तरले ‘युट्युब गोल्डेन प्ले बटन अवार्ड’ समेत पाएका छन् । अख्तरले आफ्नो सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गर्दै आफूलाई युट्युबको गोल्डेन प्ले बटन अवार्ड प्राप्त भएको बताएका छन् ।
Thank you so much everyone for helping me reach there. The official plaque from YouTube. Lots of love. #Youtube #plaque #millionsubscribers pic.twitter.com/lK8m6Hx0TM
— Shoaib Akhtar (@shoaib100mph) July 19, 2019
साथै अख्तरले त्यसका लागि आफ्ना विश्वभरियरका फ्यानहरुलाई धन्यवाद समेत दिएका छन् । स्मरण रहोस, रावलपिण्डी एक्सप्रेस उपनामले चर्चित अख्तरले हालै सम्पन्न क्रिकेट विश्वकपका बेला आफ्नो युट्युब च्यानलमा निकै व्यस्त देखिएका थिए । उनले एउटा एक्सपर्टका रुपमा क्रिकेटरहरुबारे कुरा गर्नुका साथै प्रतियोगिताको म्याचहरुबारे पनि चर्चा गर्ने गर्थे । जसलाई विश्वभरिबाट धेरैले रुचाएका समेत थिए ।