धवनको औंला भाँचियो, भारतलाई धक्का

एजेन्सी । भारतीय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान शिखर धवनको औंला भाँचिएपछि उनी कम्तीमा पनि जारी क्रिकेट विश्वकपको दुइृ म्याचमा खेल्न नसक्ने भएका छन् । खबरअनुसार धवनले तीन सातासम्म म्याच खेल्ने छैनन् । धवन आइतबार अष्ट्रेलिया विरुद्ध खेल्ने क्रममा कुल्टर नाइलको बलमा चोटिल भएका थिए ।

चोटिल हुनुका बावजुद धवनले ११७ रनको उत्कृष्ट शतकीय पारी खेलेका थिए । साथै त्यो खेल भारतले ३६ रनले जित्न सफल भएको थियो । यद्यपि धवन इङल्याण्ड मै रहने बताइएको छ । साथै उनी चोटमुक्त हुन कति समय लाग्ने हो त्यो खुलाइएको छैन ।

उता भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले धवन इङल्याण्ड मै रहने मात्र बताएको छ । तर धवनको स्थानमा भारतीय टोलीमा कसलाई खेलाउने भन्नेबारे केही खुलाएको छैन । रिपोर्ट अनुसार धवनको स्थानमा रिषभ पन्त वा अम्बाती रायुडुलाई भारतीय टिमा राख्न सकिने सम्भावना छ ।

हाल धवनको इङल्याण्ड मै उपचार भईरहेको छ । विश्वकपतर्फ भारतले बिहीबार न्युजिल्याण्डको सामना गर्दैछ भने १६ जुन आइतबारका दिन परस्पर प्रतिद्वन्द्वी पाकिस्तान विरुद्ध खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...