अन्तर्राष्ट्रिय क्रिकेट मै पहिलोपटक महिला म्याच रेफ्री नियुक्त

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले भारतकी जिएस लक्ष्मीलाई इन्टरनेशनल प्यानल अफ म्याच रेफ्रीमा समावेश गरेको छ । आइसीसीको म्याच रेफ्री प्यानलमा सामेल हुने लक्ष्मी पहिलो महिला समेत बनेकी छिन् ।

रिपोर्टअनुसार लक्ष्मीलाई तत्काल प्रभावका रुपमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा म्याच रेफ्री बन्न योग्य घोषित गरिएको बताइएको छ । भारतमा क्रिकेटर र म्याच रेफ्रीका रुपमा थुप्रै अनुभव बटुलिसकेकी ५१ बर्षिय लक्ष्मीले यो जिम्मेवारी पाएपछि गर्व महशुस गरेको बताएकी छिन् । साथै आफ्नो अनुभवलाई अब अन्तर्राष्ट्रिय क्रिकेटमा सदुपयोग गर्ने समेत बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...