रोमाञ्चक जितका साथ दिल्ली दोस्रो क्वालीफायरमा

एजेन्सी । इण्डियन प्रिमियर लिग अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितातर्फ एलिमिनेटर भिडन्तमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई २ विकेटले हराउँदै दोस्रो क्वालीफायरमा पुगेको छ ।

बिशाखापट्नममा टस जित्दै पहिले फिल्डिङ रोजेको दिल्लीले हैदराबादलाई निर्धारित २० ओभरमा १६२ रन बनाउन दियो । हैदराबादका लागि ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ३६ रन बनाए भने मनिष पाण्डेले ३० रनको योगदान दिए । त्यस्तै कप्तान केन विलियमसनले पनि २८ रन बनाए ।

बलिङतर्फ दिल्लीका लागि किमो पाउलले ३ विकेट लिंदा इशान्त शर्माले २ विकेट आफ्नो नाममा लेखाए । त्यस्तै ट्रेन्ट बोल्ट र अमित मिश्राले १–१ विकेट लिए ।


उता जवाफी लक्ष्य पछ्याएको दिल्लीले अन्तिम ओभरमा १ बल बाँकी छँदै ८ विकेट गुमाएर १६८ रन बनाएर जित निकालेको थियो । खेलमा दिल्लीका लागि ओपनर पृथ्वी शाले सर्वाधिक ५६ रन बनाए । त्यस्तै म्यान अफ द म्याच समेत घोषित रिसभ पन्तले ४९ रन बनाउँदै दिल्लीको जितमा महत्वपूर्ण पारी खेलेका थिए ।

दिल्लीले दोस्रो क्वालीफायरतर्फ शुक्रबार चेन्नई सुपर किंग्सको सामना गर्नेछ । दोस्रो क्वालीफायरमा जित हात पार्ने टोलीले १२ मईका दिन मुम्बइृ इण्डियन्ससँग उपाधिका लागि फाइनल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...