प्रतिबन्धपछि विश्वकपका लागि राष्ट्रिय टोलीमा फर्किए स्मिथ र वार्नर

एजेन्सी । एक बर्षको प्रतिबन्धपछि डेभिड वार्नर र स्टिभ स्मिथ यसै बर्ष हुन गईरहेको आइसीसी एकदिवसीय क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीमा परेका छन् ।

अष्ट्रेलियाका पूर्व कप्तान स्मिथ तथा उपकप्तान वार्नर गत बर्ष मार्चमा दक्षिण अफ्रिका विरुद्धको टेष्ट सिरिजमा बल टेम्परिङ विवादमा दोषी पाइएपछि दुवै खेलाडी जरिवानासहित एक बर्षको प्रतिबन्धमा परेका थिए ।


उता क्रिकेट अष्ट्रेलियाले स्मिथ र वार्नर राष्ट्रिय टोलीमा फर्किनुलाई सुखद बताएको छ । स्मरणीय छ, स्मिथले यस सिजनको इण्डियन प्रिमियर लिगतर्फ राजस्थान रोयल्सबाट खेलेका छन् भने वार्नरले सनराईजर्स हैदराबादबाट खेलिरहेका छन् ।

यस बर्षको क्रिकेट विश्वकप आगामी महिनाको ३० मई देखि १४ जुलाईसम्म इङल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

यस्तो छ विश्वकप खेल्ने अष्ट्रेलियन टोली :

एरोन फिन्च (कप्तान), उसमान खवाजा, डेभिड वार्नर, स्टिभ स्मिथ, शन मार्स, ग्लेन म्याक्सवे, मार्कस स्टोइनिस, एलेक्स करी, पेट कमिन्स, मिचेल स्टार्क, झेइ रिचार्डसन, नाथन कुल्टर–नील, जेसन बेहेरेनडर्फ, नाथन लियोन, एडम जम्पा


प्रतिक्रिया दिनुहोस

Loading...