पाकिस्तानी पूर्व कप्तान अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

९ फागुन । पाकिस्तानी पूर्व कप्तान साहिद अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासबाट लिएका छन् । अलराउण्डर अफ्रिदीले भने, ‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिएको छु ।’

अफ्रिदीले घरेलु क्रिकेटलाई भने निरन्तरता दिने बताएका छन् । ‘म मेरा समर्थकहरुका लागि खेलिरहेको छु र अझै २ वर्ष निरन्तरता दिन्छु’ उनले भनेका छन् ।

३६ वर्षीय अफ्रिदीले टेष्ट र एकदिवसीय क्रिकेटबाट सन् २०१५ मा नै विदा लिएका थिए । अप्रिल २०१६ मा टी-२० कप्तानबाट हटे । तर, टी-२० खेलिरहे । अब भने उनले सन्यासको घोषणा गरेका छन् । उनले पाकिस्तानका लागि २७ टेष्टका साथै ३९८ एकदिवसीय र ९८ टी-२० खेलेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...