बिग ब्याश लिग : बर्षा बाधक भन्दा सन्दिपको टोली पराजित

एजेन्सी । करियर कै पहिलो बिग ब्याश लिग खेलिरहेका नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको टोली मेलबर्न स्टार्सले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

क्यानबेरामा भएको खेलमा बर्षा बाधक भएपछि डकवर्थ लुईस नियमका आधारमा मेलबर्नले सिड्नी थन्डर्ससँग १५ रनको हार बेहोरेको हो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको सिड्नीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । सिड्नीका लागि जेसन संघाले नटआउट ६३ रनको योगदान दिए ।


बलिङतर्फ मेलबर्नका लागि सन्दिप लामिछाने र एडम जम्पाले समान २–२ विकेट लिए । सन्दिपले पहिलो ओभर मै दुई विकेट लिन सफल भएका थिए ।

उता जवाफी लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित ८ ओभरमा ९० रनको लक्ष्य पाए तापनि ७४ रन मात्र बनाउन सक्यो । खेलमा सिड्नीका डेनियल साम्स म्यान अफ द म्याच घोषित भए ।

लिगतर्फ मेलबर्न स्टार्सले अब आफ्नो दोस्रो खेल आउँदो सोमबार होबर्ट हरीकन्ससँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...