बिग ब्याश लिगमा सन्दिपको उत्कृष्ट डेब्यु, पहिलो ओभर मै लिए दुई विकेट

एजेन्सी । अष्ट्रेलियाको चर्चित अन्तर्राष्ट्रिय टि–२० बिग ब्याश लिगतर्फ नेपालका युवा बलर सन्दिप लामिछाने उत्कृष्ट डेब्यु गरेका छन् ।

मेलबर्न स्टार्सका लागि खेलिरहेका सन्दिपले शुक्रबार आफ्नो पहिलो खेलमा सिड्नी थन्डर्स विरुद्ध उसकै घरेलु मैदानमा उत्कृष्ट बलिङ गर्दै पहिलो ओभर मै दुई लिए । त्यसमध्ये उनले पहिलो विकेटका रुपमा अष्ट्रेलियाका चर्चित क्रिकेटर शेन वाटसनलाई आफ्नो शिकार बनाए भने दोस्रो विकेटका रुपमा केलम फर्गुसनलाई आफ्नो शिकार बनाए ।


आफूले गर्नुपर्ने सबै चार ओभर बलिङ गरेका सन्दिपले समग्रमा ३६ रन खर्चिए । यद्यपि उनले आफ्नो स्पेलमा अतिरिक्त रन भने दिएनन् ।

उता टस हार्दै पहिले ब्याटिङ रोजेको सिड्नी थन्डर्सले मेलबर्नलाई १८२ रनको लक्ष्य दिएको छ । सन्दिपको टोलीले केहीबेरमा जवाफी ब्याटिङ शुरु गर्दै ।


प्रतिक्रिया दिनुहोस

Loading...