बिग ब्याश लिग : सन्दिपको स्टार्स र थण्डर भिड्दै

चर्चित अष्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलसँग सन्दिप । (तस्विर मेलबर्न स्टार्स)

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पीनर सन्दिप लामिछानेले आज विश्व चर्चित अष्ट्रेलियन टि–२० बिग ब्याश लिग खेल्दै छन् । यसै सिजन मेलबर्न स्टार्समा आवद्ध भएका सन्दिपले आज सिड्नी थन्डर्स विरुद्ध खेल्ने लगभग निश्चित छ ।

बुधबारदेखि शुरु भएको लिगतर्फ मेलबर्न स्टार्सको यो पहिलो खेल समेत हो । नेपाली समय अनुसार दिनको २ बजेदेखि क्यानबेरामा हुने खेल सन्दिपका लागि विश्व क्रिकेटमा फेरि एकपटक चम्किने राम्रो प्लेटफर्मका रुपमा रहेको छ ।

मेलबर्न स्टार्समा ग्लेन म्याक्सवेल, ड्वायन ब्राभो जस्ता विश्वचर्चित अलराउण्डरहरु समेत छन् । गत सिजन मेलबर्न स्टार्सले खेलेको १० मध्ये २ खेल मात्र जित्दै लिगतालिकाको पुछारमा रहँदै सिजनको अन्त्य गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...