सिरिजमा फर्कियो बंगलादेश

एजेन्सी । शकिब अल–हसनले अलराउण्ड प्रदशैन गरेपछि बंगलादेशले वेस्ट इण्डिज विरुद्धको टि–२० सिरिजमा पुनार्गमन गरेको छ । ढाकामा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय टि–२० म्याचमा बंगलादेशले क्यारिबियन टोलीमाथि ३६ रनको जित हात पार्यो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो । बंगलादेशका लागि ओपनर लिटन दासले ६० रन बनाए । त्यस्तै शकिब अल–हसन र महमुदुल्लाहले क्रमश ४२ र ४३ रनको योगदान दिए ।


उता जवाफी लक्ष्य पछ्याएको वेस्ट इण्डिज भने १९.२ ओभर खेल्दै १७५ रनमा अलआउट भयो । वेस्ट इण्डिजका लागि रोवमन पवेलले सर्वाधिक ५० रन बनाए भने ओपनर साइ होपले ३६ रनको योगदान दिए ।

उता बलिङतर्फ म्यान अफ द म्याच समेत घोषित शकिब अल–हसनले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर ५ विकेट लिए । अन्तर्राष्ट्रिय टि–२० मा शकिबको यो मेडन पाँच विकेटको हल समेत थियो । त्यस्तै मुस्तफिजुर रहमानले २ विकेट लिए भने अबु हिदर, मेहदी हसन र महमुदुल्लाहले समान १–१ विकेट लिए ।


यो जितसँगै बंगलादेशले तीन म्याचको टि–२० सिरिजमा १–१ को बराबरी गरेको छ । अब सिरिज अन्तरगत तेस्रो तथा निर्णायक टि–२० म्याच शनिबार ढाका मै हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...