एडिलेड टेष्ट : पुजाराको शतकले जोगायो भारतको लाज

टेष्ट करियरको १६ औं शतक बनाएपछि भारतका चेतेश्वर पुजारा ।

एजेन्सी । अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले एडिलेड ओभलमा बिहीबारदेखि शुरु पहिलो टेष्टको पहिलो दिन फितलो प्रदर्शन गर्दै ९ विकेटको क्षतिमा २५० रन बनाएको छ ।

यसै बर्षको मार्चमा बल टेम्परिङ घट्नापछि पहिलोपटक घरेलु मैदानमा टेष्ट सिरिज खेलिरहेको अष्ट्रेलियाले उत्कृष्ट बलिङ गर्दै भारतीय ब्याटिङ लाईन धराशायी बनायो ।


टस जित्दै पहिलो ब्याटिङ रोजेको भारतले ६ ओभर खेल्दै १५ रन बनाउँदा दुई विकेट गुमाईसकेको थियो । भरपर्दा ब्याट्सम्यान तथा कप्तान विराट कोहली ३ रनमै आउट भएपछि भारत दबाबमा परेको थियो । यद्यपि भारतीय पारीलाई सम्हालेका चेतेश्वर पुजाराले १२३ रनको शतकीय पारी खेल्दै भारतीय पारीलाई उकासेका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका लागि मिचेल स्टार्क, जोश हेजलवुड, पेट कुमिन्स र नाथन लियोनले समान २–२ विकेट आपसमा बाँडे ।


प्रतिक्रिया दिनुहोस

Loading...