श्रीलंका क्रिकेटद्वारा गुणाथिलका सबै प्रकारको अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बित

एजेन्सी । श्रीलंका क्रिकेट (एसएलसी) ले आचार संहिताको उल्लंघन गरेको आरोपमा आफ्ना श्रीलंकन क्रिकेटर दानुष्का गुणाथिलकालाई क्रिकेटको सबै प्रारुपबाट निलम्बन गरेको छ । यो निलम्बन कोलम्बो टेष्टको समापन लगतै लागु गरिएको छ ।

साथै बोर्डले दानुष्काको दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजको म्याच फि पनि पूर्ण रुपमा कटौती गरेको छ । श्रीलंकाले कोलम्बोमा सम्पन्न दोस्रो टेष्टमा दक्षिण अफ्रिकामाथि १९९ रनको जित हात पारेको थियो । सो टेष्टमा दानुष्काले पहिलो पारीमा ५७ र दोस्रो पारीमा ६१ रन बनाएका थिए ।

टिम व्यवस्थापन पक्षले दानुष्काले आचार संहिता उल्लंघन गरेको बताएको छ । त्यसपछि प्रारम्भिक अनुसन्धान पश्चात् बोर्डले खेलाडीलाई निलम्बन गर्ने निर्णय लिएको बताइएको छ । यद्यपि उनको कथित खराब व्यवहारको खुलासा भने गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...