सिरिजमाथि पाकिस्तानको कब्जा

एजेन्सी । फहिम अशरफले एकदिवसीय करियरकै उत्कृष्ट बलिङ गर्दै पहिलो पाँच विकेटको हल लिएपछि जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजमाथि पाकिस्तानले दुई खेल अगावै कब्जा जमाएको छ । बुलावायोमा सम्पन्न तेस्रो एकदिवसीयमा जिम्बाव्वेलाई ९ विकेटले हराउँदै पाकिस्तानले सिरिजमाथि कब्जा जमाएको हो ।

क्वीन्स स्पोर्टस् क्लबमा टस जित्दै पहिले ब्याटिङ रोजेको जिम्बाब्वे पाकिस्तानी बलरसामू निरीह बन्दा २५.१ ओभर खेल्दै ६७ रनमै अलआउट हुन पुगेको थियो । जिम्बाब्वेका लागि चर्मु चिभाभाले मात्र सर्वाकि १६ रनको पारी खेले ।

बलिङतर्फ पाकिस्तानका फहिम अशरफले ८.१ ओभर बलिङ गर्दै २२ रन खर्चेर ५ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच समेत घोषित भए । त्यस्तै जुनैद खानले २ विकेट लिए भने उसमन खान, यासिर साह र शदाब खानले एक–एक विकेट हात पारे ।

उता जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले मात्र ९.५ ओभर खेल्दै आफ्नो एक विकेट गुमाएर ६९ रन बनाउँदै जित हात पार्यो । पाकिस्तानका लागि ओपनर फखर जमनले नटआउट ४३ रन बनाए भने बबर आजम १९ रनमा अविजित रहे ।

यो जितसँगै पाकिस्तानले पाँच म्याचको एकदिवसीय सिरिजमाथि ३–० ले कब्जा जमाएको छ । सिरिज चौथो एकदिवसीय म्याच शुक्रबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...