चौथो एकदिवसीयमा भारत पराजित, धवनको किर्तिमानी शतक ओझेलमा

(तस्विर आइसीसी)

एजेन्सी । डकवर्थ लुईस नियमका आधारमा भारतलाई ५ विकेटले हराउँदै एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाले आफ्नो सम्भावना कायम राखेको छ । जोहानेसबर्गमा टस जित्दै पहिले ब्याटिङ रोजेको भारतले ओपनर शिखर धवनको १०९ रनको शतकीय पारीको सहयोगमा २८९ रन बनाएको थियो ।

एकदिवसीय क्रिकेटमा धवनको यो १३ औं शतक थियो । साथै धवन १०० एकदिवसीयमा शतक प्रहार गर्ने पहिलो भारतीय ब्याट्सम्यान समेत बने । त्यस्तै कप्तान विराट कोहलीले पनि ७५ रनको महत्वपूर्ण पारी खेले ।

शतक पूरा गरेपछि भारतका शिखर धवन । (तस्विर आइसीसी)

तर भारतका लागि बर्षा बाधक भईदियो । बर्षाका कारण दक्षिण अफ्रिकाले २८ ओभरमा २०२ रनको लक्ष्य पाएको थियो । जसलाई घरेलु टोलीले २५.३ ओभर खेल्दै ५ विकेटको क्षतिमा २०७ रन बनाउँदै भेट्टाएको थियो ।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले सर्वाधिक ४३ रनको नटआउट पारी खेले । क्लासेन खेलको म्यान अफ द म्याच समेत घोषित भए । त्यस्तै डेभिड मिलरले ३९ रनको योगदान दिए भने ओपनर हसिम अमलाले ३३ रन बनाए ।

दक्षिण अफ्रिकाको यो जितका बावजुद भारत ६ म्याचको एकदिवसीय सिरिजमा ३–१ ले अगाडी छ । सिरिज अन्तरगत पाँचौं एकदिवसीय पोर्ट एलिजावेथमा मंगलबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...