पहिलो एकदिवसीय मै भारतको हार

भारतविरुद्ध चार विकेट लिएका टे«न्ट बोल्ट विकेट हात पारेपछि । (तस्विर आइसीसी)

एजेन्सी । टम लेथमले क्यारियरको चौथो एकदिवसीय शतक पूरा गरेपछि न्युजिल्याण्डले भारतविरुद्धको पहिलो एकदिवसीयमा ६ विकेटको जित हात पारेको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा टस जित्दै पहिले ब्याटिङ रोजेको भारतले कप्तान विराट कोहलीको ३१ औं एकदिवसीय शतकको सहयोगमा २८० रनको योगफल तयार पार्न सफल भएको थियो । त्यस्तै भारतका लागि दिनेश कार्तिकले ३७ रन बनाए भने भुवनेश्वर कुमार र महेन्द्र सिंह धोनीले क्रमशः २६ र २५ रनको योगदान दिए ।

बलिङतर्फ न्युजिल्याण्डका टे«न्ट बोल्टले ४ विकेट लिए भने टिम साउथीले ३ विकेट हात पारे । त्यस्तै मिचेल सेन्टनरले १ विकेट लिए ।

उता जवाफी ब्याटिङका लागि उत्रिएको न्युजिल्याण्ड भने ४९ ओभर खेल्दै ४ विकेटको क्षतिमा २८४ रन बनाउँदै जित हात पार्यो ।

न्युजिल्याण्डका लागि लेथमले १०३ रनको शतकीय पारी खेले भने रोस टेलरले पनि ९५ रनको शानदार र आक्रमक पारी खेले । त्यसैगरी ओपनरद्वय मार्टिन गुप्टिल र कोलिन मुनरोले क्रमश ३२ र २८ रनको योगदान दिए ।

जितसँगै ३ म्याचको एकदिवसीय सिरिजमा न्युजिल्याण्डले १–० को अग्रता हासिल गर्न सफल भएको छ । सिरिज अन्तरगत दोस्रो एकदिवसीय बुधबार पुणेमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...