भारतविरुद्धको टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा अष्ट्रेलियाको बराबरी

भारतविरुद्ध विकेट लिएपछि अष्ट्रेलियाका खेलाडीहरु । (तस्विर आइसीसी)

एजेन्सी । भारत भ्रमणमा रहेको अष्ट्रेलियाले दोस्रो अन्तर्राष्ट्रिय टि–ट्वान्टी म्याचमा ८ विकेटको फराकिलो जित हात पार्दै सिरिजमा पूर्नआगमन गरेको छ ।

गुवाहाटीमा टस जित्दै पहिले फिल्डिङ रोजेको अष्ट्रेलियाले भारतलाई ११८ रनमा अलआउट गरेको थियो ।

भारतका लागि तल्लो क्रममा केदार जाधवले २७ र हार्दिक पाण्डयाले २५ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।

बलिङतर्फ अष्ट्रेलियाका जेसन बेहरेनडोर्फले ४ विकेट लिए भने एडम जम्पाले २ विकेट हात पारे । त्यस्तै नाथन कोल्टर नाईल, एण्ड्रियु टाई र मार्कस स्टोइनिसले एक–एक विकेट लिए ।

उता जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले १५.३ ओभर खेल्दै दुई विकेटको क्षतिमा १२२ रन बनाउँदै लक्ष्य भेट्टाएको थियो ।

अष्ट्रेलियाका लागि मोइसेस हेनरिक्सले आक्रमक रुपमा नटआउट ६२ रनको पारी खेले । त्यस्तै टे«विस हेड ४८ रनमा नटआउट रहे ।

जितसँगै अष्ट्रेलियाले ३ म्याचको सिरिज १–१ को बराबरीमा ल्याएको छ । सिरिज अन्तरगत तेस्रो तथा अन्तिम टि–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच शुक्रबार हैदराबादमा हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...