पहिलो टि–ट्वान्टीमा भारतको शानदार जित

अष्ट्रेलियाविरुद्ध विकेट लिएपछि भारतका खेलाडीहरु ।

एजेन्सी । अष्ट्रेलियाविरुद्ध पहिलो टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भारतले ९ विकेटको शानदार जित हात पारेको छ ।

राँचीमा सम्पन्न उक्त खेलमा टस जित्दै पहिले फिल्डिङ रोजेको घरेलु टोली भारतले अष्ट्रेलियालाई ११८ रनमा खुम्चाएको थियो । अष्टे«ेलियाका लागि ओपनर आरोन फिन्चले मात्र ४७ रनको योगदान दिए ।

बलिङतर्फ जसप्रित बुमराह र कुलदिप यादवले २–२ विकेट लिए भने भुवनेश्वर कुमार, युजवेन्द्र चाहल र हार्दिक पाण्डयाले १–१ विकेट लिए ।

अष्ट्रेलियन ब्याट्सम्यानलाई बोल्ड आउट गरेपछि भारतका जसप्रित बुमराह (बाँया) ।

उता भारतको इनिङ वर्षाले प्रभावित भएपछि घरेलु टोलीलाई ६ ओभरमा ४८ रनको लक्ष्य दिइएको थियो । जुन लक्ष्य भारतले ५.३ ओभर खेल्दै एक विकेटको क्षतिमा ४९ रन बनाएर भेट्टाएको थियो ।

भारतको पारीमा कप्तान विराट कोहली र शिखर धवनले २२ र १५ रनको नटआउट पारी खेले । खेलमा भारतका कुलदिप यादव म्यान अफ दि म्याच घोषित भए ।

जितसँगै तीन म्याचको टि–ट्वान्टी सिरिजमा भारतले १–० ले अग्रता लिएको छ । सिरिज अन्तरगत दोस्रो टि–ट्वान्टी म्याच मंगलबार गुवाहाटीमा हुनेछ ।

(तस्विर : आइसीसी)


प्रतिक्रिया दिनुहोस

Loading...