वेष्ट इण्डिजलाई वर्षा बाधक, इङल्याण्डलाई सिरिज

वेष्ट इण्डिजविरुद्ध विकेट लिएपछि इङल्याण्डका खेलाडीहरु ।

एजेन्सी । वेष्ट इण्डिजविरुद्धको एकदिवसीय श्रृंखलामाथि घरेलु टोली ङल्याण्डले कब्जा गर्न सफल भएको छ ।

लण्डनमा भएको चौथो एकदिवसीयमा क्यारेबियन टोलीलाई डकवर्थ लुईस नियमका आधारमा ६ रनले हराउँदै इङल्याण्डले पाँच म्याचको सिरिजमाथि ३–० ले कब्जा जमाउन सफल भएको हो ।

चौथो एकदिवसीयमा बर्षा बाधक बनेपछि वेष्ट इण्डिजको सिरिजमा पूर्नआगमन गर्ने योजना समाप्त भएको थियो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले एविन लेविसको शानदार १७६ रन तथा कप्तान जेसन होल्डरको आक्रमक ७७ रनको सहयोगमा ३५६ रनको विशाल योगफल तयार पारेको थियो ।

इङल्याण्डविरुद्ध शानदार शतकीय पारी खेलेका वेष्ट इण्डिजका ऐविन लेविस (बाँया) शतक प्रहार गरेपछि ।

उता दोस्रो इनिङ बर्षाले प्रभावित हुन पुगेपछि इङल्याण्डलाई ३५.१ ओभरमा २५३ रनको लक्ष्य दिइएको थियो । जुन इङल्याण्डले ५ विकेटको क्षतिमा २५८ रन बनाउदै भेटाउन सफल भएको थियो ।

इङल्याण्डका लागि ओपनर जेसन रोएले सर्वाधिक ८४ रन बनाए । त्यस्तै मोइन अली र जोस बटलरले क्रमश ४८ र ४३ रनको नटआउट पारी खेले ।

पहिलो एकदिवसीयमा ७ विकेटको जित हात पारेको इङल्याण्डले दोस्रो एकदिवसीय भने बिना नतिजा स्थगित भएको थियो । त्यस्तै तेस्रो एकदिवसीयमा पनि इङल्याण्डले १२४ रनको जित दर्ता गर्न सफल भएको थियो ।

पाँच म्याचको सिरिजमा ३–० बढत लिइसकेको इङल्याण्डले सिरिज अन्तरगत पाँचौं तथा अन्तिम एकदिवसीय म्याच भोली शुक्रबार साउथह्याम्पटनमा खेल्नेछ ।

(तस्विर आइसीसी)


प्रतिक्रिया दिनुहोस

Loading...