टोक्यो ओलम्पिकका पदकधारी प्रतिबन्धमा

एजेन्सी । भर्खरै सम्पन्न टोक्यो ओलम्पिकमा पदक जितेका बृटिश धावक सिजे उजाह प्रतिवन्धमा परेका छन् । एथलेटिक्स इन्टिग्रिटी युनिट (एआईयु) का अनुसार २७ बर्षे उजाहले प्रतिवन्धित औषधी प्रयोग गरेको पाइएपछि उनी प्रतिवन्धमा परेका हुन् ।

यो प्रतिवन्ध अस्थायी रुपमा रहेको बुझिएको छ । यद्यवि वल्र्ड एन्टी डोपिङ एजेन्सीले पनि उजाहमाथि छानबिन गर्न सक्ने बताइएको छ । यसबारे उजाहले अहिलेसम्म आफ्नो तफृबाट भने प्रतिक्रिया दिएका छैनन् ।

स्मरण रहोस, टोक्यो ओलम्पिकमा ग्रेट ब्रिटेनको प्रतिनिधित्व गर्दै ४ गुणा १०० मिटर पुरुष रिलेमा उजाहले रजत पदक जितेका थिए । रिपोर्टअनुसार उनलाई थप प्रतिवन्ध लाग्न सक्ने सम्भावना रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...