विश्व किर्तिमानी धावक बोल्टलाई कोरोना संक्रमण

एजेन्सी । जमैकाका विश्व किर्तिमानी धावक उसेन बोल्टलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शुक्रबार मात्र जमैकामा आफ्नो ३४औं जन्मदिन मनाएका बोल्टले एक पार्टीको आयोजना गरेका थिए । उक्त पार्टीका चर्चित इङलिस फुटबलर रहिम स्टर्लिङ समेत सहभागि थिए ।

ओलम्पिकका आठ स्वर्ण पदक विजेता बोल्टले जन्मदिनको पार्टी मनाए तापनि उनले शनिबार कोभिड–१९ का लागि परिक्षण समेत गराएका थिए । जसमा उनको रिपोर्ट आइतबार पोजिटिभ आएको छ ।

खबरअनुसार उनी जमैका स्थित घरमा सेल्फ आइसोलेसनमा बसेका छन् । एउटा भिडियो सार्वजनिक गर्दै बोल्टले आफू आइसोलेसनमा बसेको पुष्टी गरेका छन् ।

स्मरण रहोस, गत शुक्रबार उनको जमैका स्थित घरमा सरप्राईज बर्थडे पार्टी मनाइएको खबर प्रकाशित भएको छ । रिपोर्टअनुसार उक्त पार्टीमा म्यानचेष्टर सिटीका स्टार रहिम स्टर्लिङ सहित, वायर लेभरकुसेनका लियोन बेली र क्रिकेट लिजेण्ड क्रिस गेलको पनि उपस्थिति रहेको बताइएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...