बास्केटबल लिजेण्ड ब्रायन्टको दुर्घटनामा निधन

एजेन्सी । क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घट्नामा परि अमेरिकी बास्केटबल लिजेण्ड कोबे ब्रायन्ट र उनकी छोरी जियान्नसहित ९ जनाको मृत्यु भएको छ ।

रिपोर्टअनुसार १३ बर्षे छोरीसहित यात्रा गरेका ४१ बर्षे ब्रायन्टको प्राइभेट हेलिकप्टर अकस्मात तल खस्कन पुगेको थियो । र, नराम्ररी क्षतिग्रस्त हुन पुगेको थियो । लस एन्जल्स पुलिसका अनुसार हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ ।

आफ्नो पूरै २० बर्षे व्यवसायीक बास्केटबल करियर लस एन्जल्स लेकर्सबाट खेलेका ब्रायन्ट प्रतिष्ठित एनबिए बास्केटबलमा पाँचपल्टका विजेता समेत हुन् । साथै बास्केटबलका महान खेलाडी मध्ये एकमा गनिन्छन् ब्रायन्ट ।

त्यति मात्र नभएर अन्तर्राष्ट्रिय बास्केटबलमा अमेरिकाको प्रतिनिधित्व गरेका ब्रायन्टले सन् २००८ को बेइजिङ ओलम्पिक र सन् २०१२ को लण्डन ओलम्पिकमा स्वर्ण पदक समेत जितेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...