युक्रेनका १३ बर्षे ‘डाइभर’ले बनाए नयाँ किर्तिमान

एजेन्सी । युक्रेनका युवा डाइभर ओरेक्सी सेरेडा जारी युरोपियन डाइभिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै यो स्पर्धामा स्वर्ण पदक जित्ने सबैभन्दा कान्छो खेलाडीको किर्तिमान बनाएका छन् ।

यसअघि यो किर्तिमान ब्रिटेनका टम डोलेको नाममा थियो । डोलेले सन् २००८ मा यो उपाधि जित्दै किर्तिमान बनाउँदा उनी १३ बर्ष १० महिनाका थिए । यद्यपि हाल युक्रेनको किभमा जारी युरोपियन च्याम्पियनसिपमा सेरेडाले यो गोल्ड मेडल जित्दा उनी १३ बर्ष ७ महिनाका छन् ।

सेरेडाले युक्रेनको प्रतिनिधित्व गर्दै टोक्यो ओलम्पिक २०२० मा खेल्ने सम्भावना पनि बलियो छ । ओलम्पिकमा सहभागिता जनाउन खेलाडीको उमेर कम्तिमा पनि १४ बर्ष पुगेको हुनुपर्छ । जुन सेरेडाका लागि प्रर्याप्त समय हुनेछ । किनभने उनी आउँदो डिसेम्बरमा १४ बर्ष लाग्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...