विश्व च्याम्पियन सेलीको सन्यास

एजेन्सी । अष्ट्रेलियाकी ओलम्पिक गोल्ड मेडलिस्ट तथा विश्व च्याम्पियन हर्डल रनर सेली पियरसनले लगातारको चोटका कारण ३२ बर्षको उमेरमा सन्यास लिएकी छिन् । हर्डलतर्फ वर्तमान विश्व च्याम्पियन समेत रहेकी सेलीले सन् २०१२ को लण्डन ओलम्पिकतर्फ १०० मिटर हर्डलमा स्वर्ण जितेकी थिईन् ।

उनको सन्याससँगै यसै बर्षको अक्टुबरमा कतारको दोहामा हुन गईरहेको विश्व च्याम्पियनसिपमा १०० मिटरतर्फको उनको यो उपाधि जोगाउने सम्भावना पनि समाप्त भएको छ । सेलीका अनुसार आफ्नो पछिल्ला लगातारको चोटहरुका कारण उनी फेरि स्पर्धामा फर्किनेमा सशंकित थिईन् ।

https://twitter.com/BBCSport/status/1158646388231561216

“आफ्नो १६ बर्षे करियरपछि अब म आफ्नो स्पाइकलाई थन्क्याउन चाहन्छु । मैले आफ्नो करियरप्रति गर्व गर्छु र मैले जे पाएँ त्यसमा खुशी पनि छु । आशा छ मेरो अनुभव र सफलताले आगामी पिंढीलाई पनि सहयोग पुग्नेछ ।” सेलीले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...