चर्चित अमेरिकी महिला धावकद्वारा १६ बर्षे पूरानो किर्तिमान भंग

एजेन्सी । अमेरिकाकी विश्वचर्चित महिला धावक डालिलाह मोहम्मदले ४०० मिटर हर्डल्स रेस ५२.२० सेकेण्डमा पूरा गर्दै १६ बर्ष पूरानो किर्तिमान भंग गरेकी छिन् । अमेरिका मै जारी युएसए ट्रयाक एण्ड फिल्ड आउटडोर च्याम्पियनसिपतर्फ ४०० मिटर हर्डल्स रेसमा २९ बर्षिय डालिलाहले शुरुवातबाटै अग्रता बनाएकी थिईन्, जुन उनले अन्तिमसम्म कायम राख्न सफल भईन् ।

त्यस्तै दोस्रो स्थानमा रहेकी अमेरिका की सिडनी म्याकललिनले ५२.८८ मा त्यो रेस पूरा गरीन् र डालिलाहलाई अन्तिमसम्म कडा चुनौति दिईन् । त्यस्तै तेस्रो स्थानमा पनि अमेरिका कै एश्ले स्पेन्सर रहिन् । उनले त्यो रेस ५३.११ सेकेण्डमा पूरा गरेकी थिईन् ।

उता त्यो जितसँगै डालिलाहले सन् २००३ मा रुसकी युलिया पेचोनकिनाले बनाएको किर्तिमान ०.१४ सेकेण्डको अन्तरले तोड्न सफल भईन् । पेचोनकिनाले त्यतिबेला सो रेस ५२.३४ सेकेण्डमा पूरा गर्दै किर्तिमान बनाएकी थिईन् । स्मरण रहोस, डालिलाहले सन् २०१६ मा ब्राजीलमा भएको रियो ओलम्पिकमा पनि स्वर्ण जितेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...