कोकेन प्रयोग गरेपछि प्रतिबन्धमा धावक

एजेन्सी । ग्रेट ब्रिटेनको प्रतिनिधित्व गर्ने स्कटिस क्रस कन्ट्री खेलाडी लुक ट्रेनोरले प्रतिबन्धित लागुपदार्थ कोकेन प्रयोग गरेको पाइएपछि उनलाई चार बर्षको प्रतिबन्ध लाग्ने भएको छ ।

२४ बर्षिय ट्रेनोर यसअघि युके एन्टी डोपिङबाट पनि निलम्बनमा थिए र त्यसको लागि सुनुवाईको पर्खाईमा थिए । उता ट्रेनोरले पनि आफ्नो गल्ती स्वीकारेका छन् । यद्यपि उनले त्यो प्रतिबन्धित कोकेन खेलका क्रममा शक्ति बढाउने मनसायले प्रयोग नगरेको बताएका छन् ।

सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनेका छन्, “यो मेरो लागि निकै स्तब्धपुर्ण खबर हो । म यसको पुर्ण जिम्मेवारी लिन चाहन्छु ।” ट्रेनोरले आफ्नो गल्ती स्वीकारे तापनि यो प्रतिबन्धले उनको करियरमा प्रत्यक्ष असर पार्ने धेरैको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस

Loading...