सन् २०२० को टोक्यो ओलम्पिकमा दिईने पदक फालिएका विद्युतीय सामाग्रीहरुबाट बन्ने

एजेन्सी । सन् २०२० को टोक्यो ओलम्पिक र पारा ओलम्पिकमा खेलाडीहरुलाई दिइने पदकहरु पुराना विद्युतीय सामानहरुको पूनप्रयोगबाट बनाइने भएको छ । सो कार्यका सन् २०१७ देखि नै आयोजकले योजना बनाएर काम शुरु गरिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार त्यसका लागि पुराना विद्युतीय सामानहरु जस्तै स्मार्टफोन, ल्यापटपहरुको समेत गरिएको छ ।

स्रोतका अनुसार आयोजकले ३०.३ किलो सुन, ४१०० किलो चाँदी र २७०० किलो तामा संकलन गर्ने लक्ष्य लिएको छ । साथै आयोजकले ती लक्ष्यहरु सबै पूरा हुने संघारमा रहेको समेत बताएको छ । त्यसमध्ये तामाको संकलन कार्य गत जुन मै सम्पन्न भईसकेको बताएको छ । त्यस्तै आउँदो अक्टुबरसम्म ९० प्रतिशत भन्दा बढी सुन र ८५ प्रतिशत चाँदी संकलन भईसक्ने बीबीसीले जनाएको छ ।


टोक्यो ओलम्पिक २०२० को आयोजकले मेडलको डिजाईन भने पछि सार्वजनिक गर्ने बताएको छ । रिपोर्टअनुसार ती पदकहरु निर्माण गर्नका लागि आयोजकले सार्वजनिक स्थान, उद्योग र बजारहरुमा फ्याँकिएको विद्युतीय सामाग्रीहरुको संकलन गरिको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...