विश्व च्याम्पियनको डरलाग्दो दुर्घट्नामा परि निधन

एजेन्सी । विश्व च्याम्पियन तथा चर्चित केन्याली धावक निकोलस बेटको बुधबार डरलाग्दो कार दुर्घट्नामा परि २८ बर्षको उमेरमै निधन भएको छ ।

बेट आफ्नै गृहनगर नन्दीमा यात्राका क्रममा सडक दुर्घट्नामा परेका थिए । उनको निधनबारे बेटका परिवार तथा स्थानीय प्रहरीले बुधबार बिहान पुष्टी गरेको थियो ।

दुईपटक अफ्रिकन च्याम्पियनसिप विजेता बनेका बेटले सन् २०१५ मा बेइजिङमा सम्पन्न विश्व च्याम्पियनसिपको ४०० मिटर हर्डल्सतर्फ स्वर्ण पदक जितेका थिए । उनी केन्यामा नेशनल हिरोका रुपमा चर्चित थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...