ओलम्पिक पदक विजेताको हत्या

एजेन्सी । ओलम्पिकमा काँस्य पदक जितेका कजाखस्तानका फिगर स्केटर डेनिस टेनको २५ बर्षको कलिलो उमेरमै बिहीबार धारिलो हतियारले हानी हत्या गरिएको छ । टेनले कजाखस्तानको अल्मेटीमा उनको कारको सामान चोरी गर्न लागेका चोरहरुलाई रोक्न खोज्दा उनीमाथि आक्रमण भएको थियो ।

आक्रमणपछि गम्भिर घाइते भएका टेनलाई अस्पतालमा पुराइए तापनि त्यसको तीन घण्टापछि उनको मृत्यु भएको थियो । स्थानीय प्रहरीले यो घट्नालाई हत्या मानेको छ र आरोपीहरुको खोजी कार्य शुरु गरिसकिएको बताइएको छ ।

कोरियन मूलका कजाखस्तानी टेनले सन् २०१४ को सोची (रसिया) मा सम्पन्न विन्टर ओलम्पिकतर्फ फिगर स्केटिङमा काँस्य पदक जितेका थिए । यो सफलतासँगै कजाखस्तानका लागि फिगर स्केटिङमा पदक जित्ने उनी पहिलो खेलाडी समेत बनेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...