बादशाह बोल्टको दु:खद बिदाई

दौड कै क्रममा घाइते भई ढल्न पुगेपछि उसेन बोल्ट । (तस्विर एजेन्सी)

एजेन्सी । विश्व एथलेटिक्सका बादशाह तथा चर्चित जमैकन किर्तिमानी धावक उसेन बोल्ट आफ्नो खेल जीवनको सुखद अन्त्य गर्न चाहन्थे । तर उनको क्यारियरको अन्तिम स्पर्धा उनका लागि एउटा कहिल्यै नबिर्सने डरलाग्दो सपना साबित भईदिएको छ ।

लण्डनमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपमा शनिबार चार गुणा चार सय मिटरमा जब उनी प्रधिस्पर्धा गर्न उत्रिए तब दुनियाको नजर उनीमाथि थियो । यद्यपि आठ पटक ओलम्पिक स्वर्ण जितेका किर्तिमानी धावक बोल्टले उक्त दुरी पूरा गर्न समेत सकेनन् ।

दौडदा दौडदै उनको बाँया खुट्टामा समस्या आएपछि उनी ट्रयाक मै ढल्न पुगे । बोल्ट ढले लगतै एथलेटिक्सका बादशाह मानिने उनको विदाई पनि नमिठो बन्न पुग्यो ।

चार गुणा चार सय मिटर दौडको स्पर्धा ग्रेट ब्रिटेनले ३७.४७ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्यो । त्यस्तै अमेरिकाले ३७.५२ सेकेण्डमा दौड पूरा गर्दै रजत पटक जित्यो भने ३८.०४ सेकेण्डमा दौड पूरा गर्दै जापानले काँस्य पदक जित्न सफल भयो ।

जमैकन टोलीमा बोल्टसँगै ओमार मैक्लौड, जुलियन फोर्ट र योहान ब्ल्याक थिए । १०० मिटर दौडमा विश्वकिर्तिमान बनाएका बोल्ट यसै प्रतियोगिताको १०० मिटर स्पर्धामा अमेरिकाका जस्टिन ग्याटलिनसँग पराजित हुन पुगेका थिए ।
विश्व एथलेटिक्समा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएका बोल्टले आफ्नो खेलजीवनको अन्त्य भने दुःखद रुपमा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...