ह्वाईट र पोवेटकिनको ‘रिम्याच’ भिडन्त तीन साता पछि सर्यो

एजेन्सी । चर्चित बृटिश हेभिवेट बक्सर डिलियन ह्वाईट र रसियन बक्सर अलेक्जेन्डर पोवेटकिन बीचको रिम्याच बक्सिङ भिडन्त तीन साता पछि सरेको छ । अब नयाँ मिति अनुसार यो बहुप्रतिक्षित भिडन्त २७ मार्चका दिन हुनेछ ।

यसअघि यो भिडन्त ६ मार्चका दिन वेम्बली रंगशालामा हुने तय भएको थियो । तर कोभिड–१९ महामारीका कारण कतिपय देशहरुमा यात्रा गर्दा लगाइएको विभिन्न कडाई र नियमका कारण सो भिडन्तको मिति र स्थान समेत सारिएको हो । साथै तयो भिडन्त जिब्राल्टरमा हुनेछ ।

यसअघि गत नोभेम्बरमा यी दुई बीच भिड्ने समेत भनिएको थियो । तर त्यतिबेला पोभेटकिनलाई कोरोना संक्रमण देखिएपछि त्यो भिडन्त तत्कालका लागि स्थगित गरिएको थियो ।

स्मरण रहोस, गत बर्षको अगस्तमा यी दुई बीच इङ्ल्याण्डको ब्रेन्टवुडमा भएको पहिलो भिडन्तमा पोवेटकिनले ह्वाईटमाथि पाचौं राउण्डमा सनसनीपूर्ण नकआउट जित हात पारेका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...