वेम्बलीमा दर्शकहरुबीच हेभिवेट भिडन्त

एजेन्सी । ग्रेट ब्रिटेनका चर्चित हेभिवेट च्याम्पियन एन्थोनी जोशुवा र बुल्गेरियन बक्सर कुबराट पुलेवबीचको भिडन्त वेम्बली रंगशालामा बढीमा एक हजार दर्शकहरुले प्रत्यक्ष हेर्न पाउने भएका छन् ।

स्मरण रहोस, केही साता अघि मात्र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड–१९ को खतरा कम भएको क्षेत्र वा शहरहरुमा खेलकुद गतिविधी हुँदा सिमित संख्यामा दर्शकहरुको उपस्थितिलाई अनुमति दिइने घोषणा गरेका थिए ।

जोशुवा र पुलेवबीचको भिडन्त यहि आउँदो डिसेम्बर १२ तारीखका दिन हुँदैछ । जहाँ जोशुवाले आफ्नो आइबिएफ, डब्ल्युबिए, डब्ल्युबिओ र आइबिओ उपाधि रक्ष ागर्न रिंगमा उत्रिने छन् ।

यसअघि यी दुईबीचको यो भिडन्त यसै बर्षको जुनमा हुने तय भएको थियो । तर कोरोना भाइरस महामारीका कारण तत्कालका लागि त्यो भिडन्त स्थगित भएको थियो ।

खेल प्रत्यक्ष हेर्न आउने दर्शकहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर रंगशालामा प्रवेश गराइने स्थानीय प्रशासन जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...