भिडन्तको चार दिनपछि अमेरिकी बक्सरको निधन

एजेन्सी । रिंगमा भिडेर अचेत बनेका अमेरिकाका व्यवसायीक बक्सर प्याट्रिक डे को २७ बर्षको उमेरमा बुधबार निधन भएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार शनिबार अमेरिकाको सिकागोमा भएको भिडन्तमा प्याट्रिकले अर्का अमेरिकी बक्सर चाल्र्स कनवेलसँग सुपर वेल्टरवेट भिडन्तमा भिडेका थिए । सोही भिडन्तका क्रममा प्याट्रिक दशौं राउण्डमा नकआउट भएका थिए ।

त्यसलगतै प्याट्रिकको अवस्था गम्भिर देखिएपछि उनलाई अस्पताल पुराइएको थियो । स्रोतका अनुसार प्याट्रिकको मस्तिष्कमा लागेको गम्भिर चोटका कारण उनको मृत्यु भएको बताइएको छ ।

आफ्नो व्यवसायीक करियरमा कुल २२ म्याचमा भिडेका प्याट्रिकले, त्यसमध्ये १७ मा जित, ४ मा हार र १ मा बराबरी खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...