नाडाललाई किर्तिमानी उपाधि

काठमाडौं (एजेन्सी) । टेनिस जगतका स्टार र लिजेण्डरी खेलाडी राफेल नाडालले प्रतिष्ठित फ्रेन्च ओपनतर्फ पुरुष एकल स्पर्धाको उपाधि किर्तिमानी १४औं पटक जित्न सफल भएका छन् । समग्रमा उनको यो २२औं ग्राण्डस्लाम उपाधि समेत हो ।

पेरिसमा सम्पन्न उपाधि भिडन्तमा ३६ वर्षिय स्पेनिस लिजेण्ड नाडालले नर्वेका क्यास्पर रुडलाई ६–३, ६–३ र ६–० को सोझो सेटमा हराए । गत वर्ष नोभाक जोकोभिचसँग सेमिफाइनल मै पराजित भएका नाडालले फ्रेन्च ओपनमा खेलेका कुल ११५ मध्ये ११२ म्याचमा जित हात पारेका छन् ।

स्मरण रहोस, नाडालले यसै वर्षको जनवरीमा प्रतिष्ठित अष्ट्रेलियन ओपन पनि जितेका थिए । फ्रेन्च ओपन जितेसँगै २२औं ग्राण्डस्लाम जितेका नाडालले आफ्ना निकटतम प्रतिद्वन्द्वी रोजर फेडरर र नोभाक जोकोभिचसँगको ग्राण्डस्लाम उपाधि संख्यालाई दुई आँकडाले अगाडी समेत बढाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...