एजेन्सी । जापानकी नाओमी ओसाकाले करियरको चौथो ग्राण्डस्लामका रुपमा प्रतिष्ठित अष्ट्रेलियन ओपनतर्फ महिला एकलतर्फको उपाधि जित्न सफल भएकी छिन् । फाइनलमा ओसाकाले अमेरिकाकी जेनिफर ब्राडीलाई पराजित गर्दै आफूलाई टेनिस कोर्टमा फेरि एकपल्ट अब्बल साबित गरिन् ।
मेलबर्नमा सम्पन्न फाइनल भिडन्तमा ओसाकाले पहिलोपटक ग्राण्डस्लाम फाइनल खेलिरहेकी ब्राडीमाथि ६–४, ६–३ को सहज जित निकालिन् । ओसाकाले समग्रमा दोस्रोपटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएकी हुन् । यसअघि उनले सन् २०१९ पहिलोपटक यो उपाधि जितेकी थिईन् ।
साथै ओसाकाको करियरको यो चौथो ग्राण्डस्लाम उपाधि समेत थियो । ओसाकाले अष्ट्रेलियन ओपन बाहेक प्रतिष्ठित युएस ओपन पनि सन् २०१८ र २०२० मा जित्न सफल भएकी थिईन् ।
4-0 in Grand Slam finals 🏆@naomiosaka | #AusOpen | #AO2021 pic.twitter.com/6eQFXDqmYD
— #AusOpen (@AustralianOpen) February 20, 2021