एजेन्सी । शुरुवाती सेट गुमाएर पनि उत्कृष्ट पूनःरागमन गरेकी चेक गणगतन्त्रकी केरोलिना मुचोवाले प्रतिष्ठित अष्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फ रोमाञ्चक जित निकाल्दै पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
क्वाटरफाइनलमा २५औं वरियताकी मुचोवाले विश्व नम्बर १ तथा उपाधिको दावेदार मानिएकी घरेलु प्रतिद्वन्द्वी एश्ली बार्टी माथि १–६, ६–३ र ६–२ को प्रभावशाली जित निकालिन् ।
सेमिफाइनलमा मुचोवाले अमेरिकाकी जेनिफर ब्रेडीसँग खेल्नेछिन् । ब्रेडीले क्वाटरफाइनलमा आफ्नै देशकी प्रतिद्वद्वी जेसिका पेजुलामाथि ४–६, ६–२, ६–१ को जित निकालेकी थिईन् ।
Welcome to your first ever Grand Slam semifinal Karolina Muchova!
The Czech knocks out world No.1 Ash Barty 1-6 6-3 6-2.
#KiaTennis | #MovementThatInspires | #Kia
Posted by Australian Open on Tuesday, February 16, 2021