मुर्रेलाई ‘वाइल्ड कार्ड’ इन्ट्री

एजेन्सी । चर्चित बृटिश टेनिस स्टार एन्डी मुर्रेले आगामी बर्षको फेब्रुअरीमा हुने भनिएको प्रतिष्ठित ग्राण्डस्लाम अष्ट्रेलियन ओपनमा वाइल्ड कार्ड इन्ट्री पाएका छन् । स्मरण रहोस, दुई बर्ष अघि मुर्रेको टेनिस करियर नै धरापमा पर्ने संघारमा थियो ।

२०१९ मा भएको अष्ट्रेलियन ओपनतर्फ पाँच पल्टका उपविजेता मुर्रेले पहिलो चरण मै स्पेनका रोबर्टो बउटिस्टा अगुटसँग पाँच सेटको खेलमा पराजित भएपछि उनी निराश बनेका थिए ।

सो खेल पश्चात मुर्रेको टेनिस करियरबारे मेलबर्न एरिनाको ठूलो स्क्रीनमा समेत चलचित्र प्रदर्शन गरिएको थियो । कम्मरको पछिल्लो भागको चोटका कारण पनि कोर्टमा फर्कन असमर्थ भएका मुर्रेले आफ्नो टेनिस करियर नै समाप्त भएको अनुमान गरेका थिए ।

मुर्रेको टेनिस कोर्टमा फर्किने खबरलाई विभिन्न सञ्चारमाध्यमहरुले उत्सुकताका साथ प्रकाशित गरेका छन् । धेरैले उनी कोर्टमा फर्किन लागेको कुरालाई स्वागतयोग्य समेत बताएका छन् ।

स्मरण रहोस, ३३ बर्षिय मुर्रेले बर्ष २०२१ को जनवरी महिनाको पहिलो सातातिर अमेरिकाको फ्लोरिडामा पनि एक एटिपी इभेन्टमा सहभागिता जनाउने निश्चित भइसकेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...