एजेन्सी । वार्षिक रुपमा सर्वाधिक आम्दानी गर्ने महिला खेलाडीहरुको सूचीमा टेनिसले आफ्नो वर्चश्व कायम राखेको छ । यो सूचीको शिर्ष दशमा परेका ९ खेलाडी टेनिस खेलमा आवद्ध रहेका छन् ।
त्यस्तै शिर्ष दशमा पर्ने अर्को एक खेलाडी फुटबलकी अमेरिकी स्टार एलेक्स मोर्गन रहेकी छिन् । मोर्गन ४.६ मिलियन अमेरिक डलर कमाईका साथ यो सूचीको दशौं स्थानमा छिन् ।
शिर्ष स्थानमा भने जापानकी टेनिस स्टार नाओमी ओसाका रहेकी छिन् । उनले गत बर्ष ३७.४ मिलियन डलर कमाएकी थिईन् । त्यस्तै दोस्रो स्थानमा ३६ मिलियन डलर कमाईका साथ टेनिस कै सेरेना विलिम्यस रहेकी छिन् ।
Naomi Osaka and Serena Williams top as tennis dominates rich list https://t.co/Wa3Ut7Yp9M
— Splendid Psyche (@SplendidPsyche) August 19, 2020
ओसाका र विलियम्सले एकै वर्ष सर्वाधिक कमाइ गर्ने खेलाडीको किर्तिमान समेत तोड्न सफल भए । यसअघि यो किर्तिमानी रसियन सुन्दरी मारिया सारापोभाको नाममा थियो ।
सारापोभाले सन् २०१५ मा २९.७ मिलियन डलर कमाउँदै यो किर्तिमान बनाएकी थिईन् । त्यस्तै यो सूचीको तेस्रो स्थानमा अश्लेग बार्टी रहेकी छिन् । उनले कुल १३.१ मिलियन डलर कमाई गरेकी छिन् ।